१८ दिनपछि फेसबूकमा झुल्किए सन्दिप

काठमाडाैं | असोज ९, २०७९

१८ दिनपछि फेसबूकमा झुल्किए  सन्दिप

काठमाडौं  ः  नाबालिग जबरजस्ती करणी मुद्दाका आरोपी क्रिकेटर सन्दीप लामिछानेले सत्य तथ्य नबुझी आफूमाथि झुट्टा जाहेरी दिएको आरोप लगाएका छन् । 

 

अदालतले पक्राउ पूर्जी जारी गरेपछि पनि गुमनाम रहेका लामिछाने आइतबार राति एकाएक फेसबूकमा स्टाटस लेख्दै सत्य तथ्य नबुझी आफूमाथि झुट्टा जाहेरी दिएको आरोप लगाएका हुन् ।

 

उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको १८ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। लामिछाने प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्। 

 

उनले आफूविरुद्ध गत भदौ २१ गते परेको जाहेरी भदौ २२ गते थाहा पाएको उल्लेख गर्दै लेखेका छन्, ‘म विरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आए । मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन ।’

 

यस प्रकरणपछि लामिछानेले आफू मानसिक रुपमा कमजोर भई चिकित्सकको परामर्श लिइरहेको बताएका छन् । साथै उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पनि बताएका छन् ।

 

उनले भनेका छन्, ‘यि सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई क्ष्कयबितष्यल मा राखेर बसेको छु । झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

काठमाडौं:  भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्