२ लाखसहित प्रकाउ परेका ९ जुवाडेलाई ६ दिन म्याद थप
पाेखरा | असोज १०, २०७९
पोखरा । पोखराका बुद्ध चोकस्थित यु एण्ड मि रेष्टुरेन्टमा जुवा खेल्दै गर्दा प्रकाउ परेका ९ जनालाई ६ दिनको म्याप थप गरि अनुसन्धान अगाडी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको असुनर अन्र्तगत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धामा प्रकाउ परेका ९ जनालाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेको हो ।
पोखरा महानगरपालिका १० बुद्धचोकस्थित कुमार कार्कीले संचालन गरेको यु एण्ड मि रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरुलाई नगद २ लाख १५ हजार २ सय ५० , सिसीक्यामेराको हार्डडिक्स, मनिटर सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार प्रकाउ पर्नेहरुमा पोखरा बुद्धचोक बस्ने ४५ वर्षिय कुमार कार्की , पोखरा ११ बस्ने ४६ वर्षिय मिलेन्द्र कुमार रन्जित, गोरखाका ३३ वर्षिय सन्तोष पाण्डे, पोखरा छिनडाँडाका ४६ वर्षिय श्रीराम आले , पोखरा शान्तिमार्गका ४५ वर्षिय ओमबहादुर नेपाली, स्याङ्जा विरुवा गाउँपालिकाका ४९ वर्षिय खोमबहादर थापा, मकवानपुर हेटौडाका ५२ वर्षिय भरतप्रसाद न्यौपाने, नवलपरासी बर्दघाटका ४२ वर्षिय जितबहादुर सारु र पर्वत जलजलाका ३६वर्षिय शिव सुवेदीलाई नगद सहित प्रकाउ गरेको थियो ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

