जापानीज प्रविधिमा निर्मित आफ्नै भवन नदिपुरमा पद्म नर्सिङ्ग होम

पाेखरा | असोज ११, २०७९

जापानीज प्रविधिमा निर्मित आफ्नै भवन नदिपुरमा पद्म नर्सिङ्ग होम

पोखरा  :   पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा. लि. नदिपुरबाट संचालनमा आएको छ । 

 

बिगत २७ बर्ष देखि पोखराको न्युरोडमा संचालनमा रहेको पद्म नर्सिङ्ग होम घटस्थापनाको दिन देखि पोखरा–३ नदिपुरमा जापानीज प्रविधिमा निर्मित आफ्नै सुबिधा सम्पन्न भवन बाट संचालनमा आएको हो । 

 

नर्सिङ्ग होमले अहिले तत्काललाई इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरङ्ग (ओपिडी) सेवा, अप्रेसन, जनरल वार्ड, अत्याधुनिक प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इ.सि.जि., इकोकार्डियोग्राफी, इन्डोस्कोपी,  फार्मेसी लगायत यस अगाडि प्रदान गर्दै आईरहेको सेवालाई यथावत राखेको जनाएको छ ।

 

नर्सिङ्ग होमले अब छिट्टै नै आईसियु एनआईसियु, पिआईसियु सिटि–स्क्यान, एमआरआई लगायतका सेवा थप गर्ने तयारी गरेको प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले जानकारी दिनुभयो । “हामीले सबै प्रकारका सेवा दिने तयारी गरेका छौ । न्युरोडमा संचालनमा रहदा भएका सबै सेवालाई यथाबत संचालन गरेर आईसियु एनआईसियु, पिआईसियु सिटि–स्क्यान, एमआरआई लगायतका सेवा थपको तयारी गरेका छौ । केही काम बाँकी रहेकाले यी सेवाहरु सुरु भने भएका छैनन् अब छिट्टै यी सेवाहरु पनि सुरु हुने छन् ।“ उहाँका अनुसार कार्तिक वा मंसिर सम्म यी सेवाहरु सुचारू गर्ने तयारी रहेको छ । 

 


नदिपुरमा स्थानान्तरण भए संगै ५० बेड क्षमता बाट  १ सय बेड क्षमतामा स्तर उन्नतिको तयारी गरेको नर्सिङ्ग होमले भौतिक निर्माणको कामलाई तिब्रता दिएको जनाएको छ । नर्सिङ्ग होम बाट थप अनुभवी र बरिस्ठ डाक्टरहरुको परामर्शमा सेवा दिने गरेर तयारी थालिएको बताउदै प्रा.लि. का अध्यक्ष इन्दिरा शर्मा सुबेदीले निर्माणको काम अझै केही बाँकी रहेकोले थप सेवा संचालनमा आउन भने केही दिन लाग्ने सक्ने जानकारी दिनुभयो ।

 

प्रा. लि. का संचालक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर नारायण गौतमले पद्म नर्सिङ्ग होमलाई यस क्षेत्रकै उत्कृष्ट अस्पताल बनाउने गरेर काम गर्ने बताउदै सर्वसुलभ स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने आफुहरुको उदेश्य रहेको बताउनुभयो ।झण्डै तीन दशक देखि पोखराको न्युरोडबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको नर्सिङ होमले पोखरा– ३ नदिपुरबाट सेवा सुरु गर्दै बिगतमा सेवाग्राही बाट पाएको अपार माया र सद्भावका लागि आभार व्यक्त गरेको छ भने आगामी दिनमा पनि उस्तै माया र साथको अपेक्षा गरेको जनाएको छ ।
 

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

थप पढ्नुहोस्

पोखरा:   नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...

थप पढ्नुहोस्