पशु सेवाको टिप्स: दशैँमा ताजा मासु यसरी छान्नुहोस्

पाेखरा | असोज १४, २०७९

पशु सेवाको टिप्स: दशैँमा ताजा मासु यसरी छान्नुहोस्

पोखरा:  ‘एउटा भनाई विद्यमान छ मासु खाँदा–खाँदा मासिने भइयो’ यो भनाई छ्यासछ्यास्ती सुन्न सकिन्छ । 

 

दशैं भन्ने बित्तिकै मासुलाई पहिलो नम्बरमा राख्ने गरिन्छ । खसी र उच्च हिमाली भेगमा पाइने भेडा र च्याङ्ग्राको मासुलाई विशेष प्राथमिकता दिने भएकाले ताजा मासु ग्राहकहरुले कसरी चिन्न सक्छन् भन्ने जानकारी दिनु समाचारको उद्देश्य हो । 

 

ताजा, स्वच्छ मासु छुट्याउन नसक्दा केहीको भान्सा बिग्रन पनि सक्छ, त्यसैले ताजा मासु किनेर  भान्सालाई स्वादिष्ट बनाउने कि !

 

ताजा मासु कसरी छुट्याउने भन्ने विषयमा रिर्पाेटिङको क्रममा भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्कीका भेटेनरी निरीक्षक डा. अनन्त कोइरालाले ताजा मासुुलाई रंग र गन्धले छुट्याउन सकिने बताए । 
‘कम मूल्यमा पाएको मासु स्वच्छ नहुन सक्छ’ केन्द्रका डा. कोइरालाले भने ‘ताजा मासु छुट्याउन ग्राहकले कलर र गन्धमा विशेष ध्यान पुर्‍याउन पर्छ ।’

 

दशैं नजिकिएसँगै खसी, बोका, कुखुरा र उच्च हिमाली भेगका भेडा, च्याङ्ग्रा पनि गाउँ, शहर भित्रिसकेका छन् । 

 

डा. कोइरालाका अनुसार ग्राहकहरुले सर्वप्रथम खसीको ताजा मासु छुट्याउन सर्वप्रथम मासुको रंग हेर्नु आवश्यक छ ।

 

‘खसीको ताजा मासु छुट्याउन हामीले मासुको रंग रातो भए ताजा भन्न सक्छौ’ उनले भने ‘मासुको रंग रातो भएर मात्र हुदैन मासु पसल कस्तो छ, भण्डारण ठाउँ कस्तो छ  र कस्तो औजारले मासु काटिएको छ भनेर पनि विशेष ध्यान पुर्‍याउन सके ताजा मासु छुट्याउन सकिन्छ ।’

 

यही विधि नै जुनसुकै जनावर वा पंक्षीको मासु किन्नुपूर्व अपनाउनुपर्ने टिप्स रहेको कोइरालाको भनाई छ । 
 

 

दशैंका लागि ग्राहकहरुले मासु  किन्दा बधशाला कस्तो ठाउँमा छ, मासु काट्न प्रयोग गरिएको औजार, मासु भण्डारण गर्ने ठाउँहरु सफा छ कि छैन भनेर विशेष ध्यान दिन भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्कीको सुझाव छ । 
 
 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्