पशु सेवाको टिप्स: दशैँमा ताजा मासु यसरी छान्नुहोस्
पाेखरा | असोज १४, २०७९
पोखरा: ‘एउटा भनाई विद्यमान छ मासु खाँदा–खाँदा मासिने भइयो’ यो भनाई छ्यासछ्यास्ती सुन्न सकिन्छ ।
दशैं भन्ने बित्तिकै मासुलाई पहिलो नम्बरमा राख्ने गरिन्छ । खसी र उच्च हिमाली भेगमा पाइने भेडा र च्याङ्ग्राको मासुलाई विशेष प्राथमिकता दिने भएकाले ताजा मासु ग्राहकहरुले कसरी चिन्न सक्छन् भन्ने जानकारी दिनु समाचारको उद्देश्य हो ।
ताजा, स्वच्छ मासु छुट्याउन नसक्दा केहीको भान्सा बिग्रन पनि सक्छ, त्यसैले ताजा मासु किनेर भान्सालाई स्वादिष्ट बनाउने कि !
ताजा मासु कसरी छुट्याउने भन्ने विषयमा रिर्पाेटिङको क्रममा भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्कीका भेटेनरी निरीक्षक डा. अनन्त कोइरालाले ताजा मासुुलाई रंग र गन्धले छुट्याउन सकिने बताए ।
‘कम मूल्यमा पाएको मासु स्वच्छ नहुन सक्छ’ केन्द्रका डा. कोइरालाले भने ‘ताजा मासु छुट्याउन ग्राहकले कलर र गन्धमा विशेष ध्यान पुर्याउन पर्छ ।’
दशैं नजिकिएसँगै खसी, बोका, कुखुरा र उच्च हिमाली भेगका भेडा, च्याङ्ग्रा पनि गाउँ, शहर भित्रिसकेका छन् ।
डा. कोइरालाका अनुसार ग्राहकहरुले सर्वप्रथम खसीको ताजा मासु छुट्याउन सर्वप्रथम मासुको रंग हेर्नु आवश्यक छ ।
‘खसीको ताजा मासु छुट्याउन हामीले मासुको रंग रातो भए ताजा भन्न सक्छौ’ उनले भने ‘मासुको रंग रातो भएर मात्र हुदैन मासु पसल कस्तो छ, भण्डारण ठाउँ कस्तो छ र कस्तो औजारले मासु काटिएको छ भनेर पनि विशेष ध्यान पुर्याउन सके ताजा मासु छुट्याउन सकिन्छ ।’
यही विधि नै जुनसुकै जनावर वा पंक्षीको मासु किन्नुपूर्व अपनाउनुपर्ने टिप्स रहेको कोइरालाको भनाई छ ।
दशैंका लागि ग्राहकहरुले मासु किन्दा बधशाला कस्तो ठाउँमा छ, मासु काट्न प्रयोग गरिएको औजार, मासु भण्डारण गर्ने ठाउँहरु सफा छ कि छैन भनेर विशेष ध्यान दिन भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्कीको सुझाव छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

