आत्महत्या रोकथाम गर्न सचेतना कार्यक्रम

कास्की | असोज १४, २०७९

आत्महत्या रोकथाम गर्न सचेतना कार्यक्रम

पोखरा:   मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

 

कोशिश राष्ट्रिय मानिसक स्वास्थ्य स्वाबलम्वन संगठनको आयोजना, सिबिएमको सहयोग र पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको सहकार्यमा कार्यक्रम भएको हो ।

 

पोखरामा भएको एक दिने कार्यक्रममा कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले संस्थाको परिचय दिँदै संस्थाले गरेका गतिबिधिका बारेमा जानकारी गराए । उनले बहुपक्षीय सहयोग र सहकार्यमा मात्र आत्महत्याको जोखिम घटाउन सकिने उल्लेख गरे ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक श्रीराम तिमिल्सेनलाले आत्महत्याको बर्तमान अवस्था, चुनौती र रोकथामका उपायहरुका बारेमा प्रस्तुतिकरण राखे । उनले आत्महत्या पूर्व देखिने संकेत र रोकथामको बारेमा जानकारी गराए । गण्डकी मेडिकल कलेजका मनोचिकित्सक रबिराज तिमिल्सेनाले मानसिक स्वास्थ्य, सरकारी निति सम्बन्धी प्रस्तुुतिकरण प्रस्तुत गरे ।

 

पोखरा महानगरपालिका स्वस्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र सुनारले महानगरले  आत्महत्या रोकथाममा गरेका गतिबिधिहरुको बारेमा जनाकारी दिए । उनले मानसिक स्वास्थयको क्षेत्रमा बजेट कम भएको गुनासो गरे ।  

 

कार्यक्रममा वडा नं. २२ का वडा अध्यक्ष हिमलाल पराजुली, मानोविद् बिनय पाण्डे, पैरवी अधिकृत बसन्ती खत्री, मनोबिर्मश कर्ता नबिना शर्मा लगाएतले मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथामको बिषयमा बोलेका थिए ।  कार्यक्रममा पोखरा महानगरपालिकाका ४० जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  

 

 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्