लक्ष्मी आदर्शको दोस्रो म्याराथन दौडमा रोहन र सृष्टि प्रथम

पाेखरा | असोज १५, २०७९

लक्ष्मी आदर्शको दोस्रो म्याराथन दौडमा रोहन र सृष्टि प्रथम

पोखरा : पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको लक्ष्मी आदर्श यूवा क्लवले दोस्रो म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।

 

प्रतियोगितामा पुरुष तर्फ रोहन गुरुङ्ग १५.४० मिनेट निर्धारीत दुरि पार गरि प्रथम, अनिल गुरुङ्गले १६.२७ मिनेट र कविर पौडेल १६.५६ मिनेटमा निर्धारीत दुरि पार गरि क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । 

 

महिला तर्फ सृष्टि रेग्मीले ३६.२८ निर्धारीत दुरि पार गरि प्रथम रुविना बास्तोलाले ३६.२९ मिनेट र सर्मिला कार्कीले ४३.५२ मिनेटमा निर्धारीत दुरि पार गरि क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन ।

 

रचित पौडेलको संयोजकत्वमा आयोजित दोस्रो म्याराथन दौड प्रतियोगितामा पुरुष र महिला गरि ४० प्रतियोगी सहभागि रहेका थिए ।

 

दोस्रो म्याराथन दौड प्रतियोगिता ४.३ कि.मि. कच्ची सडकमा गरिएको क्लवका अध्यक्ष निर्मान देवानले जानकारी दिएका छन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्