आइएमई लुटेरामाथि अनुसन्धान सुरु, ३ अझै फरार
ताप्लेजुङ | असोज १८, २०७९

ताप्लेजुङः ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमईमा लुटपाट मच्चाउनेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आईएमईमा लुटपाट मच्चाउने समूहमध्येका शंकास्पद एकजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
सदरमुकाम फुङ्लिङको मुख्यबजार वीरेन्द्रचौकस्थित कञ्चन आईएमई सेन्टरमा सोमबार बिहान चारजनाको लुटेरा समूहले लुटपाट मच्चाएका थिए ।
लुटपाटमा सम्लग्नमध्ये एकजनालाई सोही दिन दिउँसो फुङ्लिङ बजार नजिकैबाट लुटिएको नगद र गरगहानासहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो ।
प्रनाउ राईका अनुसार पक्राउ परेका व्यक्तिबाट करिव छ लाख रुपियाँ नगद र केही सुनका गरगहाना बरामद भएको छ ।
घटनामा सम्लग्न अन्यको खोजी कार्य तीब्र भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो । उहाँका अनुसार जाकट (बन्दक) राखेको सुनको गहाना उकास्ने बहानामा आईएमई सेन्टरभित्र प्रवेश गरी चारजनाको सूमहले आईएमईका कर्मचारीलाई नियन्त्रणमा लिई नगद र गरगहाना लुटेका थिए ।
आईएमईमा रहेको करिव ११ लाख रुपियाँ नगदसहित डेढ किलोग्रामभन्दा बढी गरगहना लुटिएको बताइएको छ ।
आईएमई सञ्चालक अमरकुमार श्रेष्ठ र उहाँकी श्रीमती मैया श्रेष्ठ हाल अस्ट्रेलिया भ्रमण रहनुभएको छ । यता, सदरमुकाम फुङ्लिङको मुख्य बजारमै दिनदहाडै यति ठूलो लुटपाट र चोरीको घटना पहिलोपटक भएको स्थानीय बताउँछन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतबाट लुटपाटमा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशक...