उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडाैं | असोज २४, २०७९

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने तस्बिर फाइल

काठमाडौं  ः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

 

कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

 

त्यस्तै मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म तोकिएको आयोगको निर्वाचन कार्यतालिका उल्लेख छ ।

 

उम्मेदवारहरुको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म छ । आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिने भए असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको अन्तिम नामावली २६ प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

 

अन्तिम नामावलीमा रहेका उम्मेदवारहरुलाई २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिका छ ।

काठमाडौं:  सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो।  राष्ट्रपति...

थप पढ्नुहोस्

पोखरा:   पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गो...

थप पढ्नुहोस्

काठमाडौंः   जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। अहिले सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको मुख्य सचिव एकनारायण अर्यालले जानका...

थप पढ्नुहोस्