बस्ती छिरेर सताउने बाघ नियन्त्रणमा, गैँडाको आक्रमणबाट महतोको मृत्यु
चितवन | असोज २५, २०७९
तस्बिर साभार
भरतपुर : मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो ।
उक्त बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो । बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले एक महिनादेखि बाघ पटक–पटक गाउँमा पसेका कारण नियन्त्रणमा लिनुपरेको बताउनुभयो ।
नियन्त्रणमा लिइएको बाघलाई कसरामा रहेको खोरमा राखिएको छ । बाघको स्वास्थ्य अवस्था र आनीबानी हेरिसकेपछि निकुञ्जको निगरानी रहने स्थानमा छाडिने संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको थियो । पछिल्लो तथ्याङ्कानुसार यस निकुञ्जमा एक सय २८ बाघ रहेका छन् ।
गैँडाको आक्रमणबाट घाइते महतोको मृत्यु
चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट घाइते भएका रत्ननगर नगरपालिका–६ का विसुन महतोको मृत्यु भएको छ । उहाँलाई यही असोज १० गते चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा आएको गैँडाले आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणबाट घाइते उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेकामा थप उपचारका लागि हिजो सोमबार काठमाडौँ लगिएकामा आज बिहान मृत्यु भएको मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

