को हुन् रास्वपा कास्कीका उम्मेदवार ?
पाेखरा | असोज २५, २०७९
पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीको तीनवटै क्षेत्रमा उम्मेदवार दर्ता गरेको छ ।
मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेशको निर्वाचनमा पार्टीले कास्कीको तिनवटा क्षेत्रबाट उम्मेदवार दर्ता गरेको हो । पार्टीले प्रदेशमा भने कुनै पनि क्षेत्रमा उम्मेदवारी दिएको छैन् ।
कास्की क्षेत्र नम्बर १ मा राईको उम्मेदवारी
कास्की क्षेत्र नम्बर १ मा उदयपुरमा घर भएका २०५८ सालदेखि पोखरामा व्यवसाय गर्दै आएका राजु राईले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका हुन् ।
४३ वर्षीय राईले २०५८ सालदेखि पोखरामा खाद्यान्न व्यवसाय गर्दै आएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिकाका महानगर सदस्य हुन् ।
कास्की क्षेत्र नम्बर २ मा कँडेल
कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवप्रसाद कँडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
१६ वर्ष शिक्षक पेशामा आवद्ध रहेका कँडेलले मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका हुन् ।
एमबीएस उत्तीर्ण कँडेलले पोखरा महानगरपालिका ३३ स्थित सरस्वती टिका माध्यमिक विद्यालयमा कार्यरत भएपनि अवकाश पछि राजनीतिमा होमिएका हुन् । उनी लायन्स क्लब, सहकारी लगायत अन्य क्षेत्रमा आबद्ध रहेका छन् ।
कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्रीसमेत हुन् ।
कास्की क्षेत्र नम्बर ३ मा योगराज
कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ ४२ वर्षीय योगराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
पर्यटन र यातायात व्यवसायमा संग्लन पौडेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेशका उपसभापति हुन् ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

