नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ र सुदुर पश्चिम विजयी

पाेखरा | असोज २५, २०७९

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ र सुदुर पश्चिम विजयी

पोखरा :  गण्डकी प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आज सम्पन्न दुई खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र सुदुर पश्चिम प्रदेश बिजयी भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धाको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो ।

 

यसैगरी दोस्रो खेलमा सुदुरपश्चिमले घरेलु टोली गण्डकी प्रदेश माथि छ विकेटको जित निकालेको खेलमा बागमतीले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा ८९ रन जोडेको थियो । जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर जितको लक्ष्य भेट्टायो । एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाउनुभयो ।

 

बागमतीको तर्फबाट अस्मिना कर्माचार्यको अविजित १९ तथा सुमन खतिवडाको १९ रनको पारी खेल्नुभयो । एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक ÷एक विकेट लिनुभयो ।  बागमतीका बलरहरू सोनी पाख्रिन र सुमन खतिवडाले समान दुईरदुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिनुभयो ।

 

यसैगरी घरेलु टोली गण्डकी प्रदेशलाई छ विकेटले सुदुरपश्चिमले पराजित ग¥यो । पहिला व्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको क्षतिमा ५९ रन बनायो । गण्डकीको तर्फबाट श्रृष्टि जैशीले २८, ज्योत्स्निका मरासिनीले सात, सिमाना केसीले छ, सिला क्षेत्रीले अविजित छ रन बनाउनुभयो । सुुदुर पश्चिमको बलिङतर्फ रितु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एकरएक विकेट लिनुभयो ।

 

जितका लागि ६० रनको लक्ष्य सहित मैदान उत्रिएको सुदुर पश्चिमले १० दशमलव दुई ओभरमा चार विकेट गुमाउँदा विजयी लक्ष्य प्राप्त ग¥यो । सुदुर पश्चिमको व्याटिङमा रितु कनौजियाले २० बलको सामना गर्दै तीन चौकाको मद्धतमा २२ रन बनाउनुभयो । यसैगरी स्नेहा महराले २७ बलमा चार चौका सहित २१ रन जोड्नुभयो ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्