‘आइटिएफ तेक्वान्दो बागलुङको प्रतिष्ठा’: शिक्षामन्त्री पौडेल

बाग्लुङ | असोज २६, २०७९

‘आइटिएफ तेक्वान्दो बागलुङको प्रतिष्ठा’: शिक्षामन्त्री पौडेल तस्बिर फाइल

गलकोट : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङको प्रतिष्ठासँग जोडिएको बताउनुभयो ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा हुने आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीको आज  बाङ्गेचौरस्थित कभर्डहलको स्थलगत अवलोकन गर्दै उहाँले तेक्वान्दो प्रतियोगिताको तयारीलाई चुस्त पार्न निर्देशन दिनुभयो । 

 

उहाँले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङमा गर्नु र बागलुङका खेलाडीले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा धेरै पदक प्राप्त गर्नुले जिल्लाको प्रतिष्ठासँग उक्त खेल जोडिएको बताउनुभयो । “पहिलोपटक बागलुङमा राष्ट्रिय खेलकुदअन्तर्गतको आइटिएफ प्रतियोगिता हुन गइरहेको छ, यो बागलुङको प्रतिष्ठासँग जोडिएको विषय हो”, उहाँले भन्नुभयो, “ जिल्लामा आएका देशभरका खेलाडीले बागलुङ चिन्ने मौका दिनुपर्दछ ।”

 

मन्त्री पौडेलले खेलकुद प्रतियोगिताको तयारी, खेलाडी व्यवस्थापनलगायत विषयमा स्थलगत अवलोकन गर्नुभएको आइटिएफ नेपालका केन्द्रीय सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । 


यही असोज २९ गतेदेखि यहाँ सञ्चालन हुने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय गरी १० टोलीका दुई सय ५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसिएल तथा म्यानेजर सहभागी हुनेछन् ।

 

प्रतियोगिताको तयारीका लागि बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लामा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीले ४५ स्वर्ण,  ४५ रजत र ३० कास्य गरी कूल एक सय २० पदकका लागि प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति बागलुङले जनाएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्