मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पाेखरा | असोज २७, २०७९
पोखरा : गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

प्रतिवेदन प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ता बाँस्तोलाले संवैधानिक व्यवस्थाअनुरूप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्यसम्पादन गर्दै आएको बताउनुभयो ।
मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखितरूपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उहाँले जानकारी गराउनुभयो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख गुरुङले प्रदेश सरकारको कानूनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताको कार्यालय रहेको बताउनुभयो । नेपाली जनताले आफ्ना लागि आर्जेको संविधानको सफल कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव अणप्रसाद न्यौैपाने र प्रवक्ता चण्डीप्रसाद अर्यालले पनि बोल्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

