मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन
म्याग्दी | असोज २८, २०७९

म्याग्दी : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ ।
पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो । पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायातका साधन सञ्चालन भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ ।
बेनी–जोमसोम कोरला सडक आयोजनाको ठेकेदार कम्पनी खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वरका दुईवटा डोजर परिचालन गरेर पहिरो पन्छाइएको थियो । तत्कालका लागि यातायात सञ्चालन भए पनि थप पहिराको जोखिम भएकाले आवतजावतका क्रममा सतर्कता अपनाउन र रातको समयमा ध्यान दिन मिलनचोक प्रहरी चौकीका प्रमुख मुक्त खड्काले बताउनुभयो ।
स्तरोन्नतिको क्रममा रहेको मालढुङ्गा–बेनी सडकको केराबारी खण्डमा सडकमाथिको पाखो चिरा–चिरा परेको छ । सो ठाउँमा सडक विस्तारका लागि ठेकेदारले डोजर प्रयोग गरेर पहाड फुटाएको र जथाभावी ढुङ्गा निकालेकाले पहिरो गएको स्थानीयवासीले बताएका छन् ।
मालढुङ्गा–बेनी सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङ आउने जाने सवारीसाधनले मालढुङ्गा–बागलुङ–बेनी सडक प्रयोग गरेका थिए । मालढुङ्गा–बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ को रुइनेडाँडामा पहिराले सडक भासिएपछि सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।
काठमाडौं: पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ। पशुपति क्षेत्र...
पोखरा: लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन् । आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराज...
रौतहट: रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटिएको छ । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति शङ्कास्पद सुटकेस फेला परेको थियो । ...