आफुलाई चिनाउँदै वैरागीले भने ‘म जनताको घरदैलोमा पुग्ने नेता’
पाेखरा | असोज २९, २०७९
पोखरा : कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर बैरागीले आसन्न निर्वाचनमा होमिएका उम्मेदवाहरुलाई चुनावी आमसभामा भन्दा जनताको घरदैलोमा हेर्न खोजको बताएका छन् ।
नेकपा एमालेले कास्की क्षेत्र नम्बर ३ ले आयोजना गरेको उम्मेदवारी परिचय कार्यक्रममा आफुलाई चिनाउँदै वैरागीले चुनावी सभा–सम्मेलन भन्दा आफुले जनताको दैलो चाहार्ने उल्लेख गरे ।
‘जनताको समस्या बुझ्न चुनावी आमसभा होइन, जनताको घरदैलोमा पुग्न आवश्यक छ’ उनले भने,‘ ठुलाठुला सभा सम्मेलनमा गरेर जनतालाई दुःख दिन आवश्यक छैन अब यसलाई परिवर्तन गदैै जनताको समस्या बुझ्न र समाधान गर्न जनताको घरदैलोमा नेताहरु पुग्न आवश्यक छ ।’
उम्मेदवार बैरागीले अबको निर्वाचनमा नेकपा एमालेले गर्ने प्रतिवद्धतामा स्थानीय जनताको साझा समस्यालाई प्राथमिकता दिन माग गरे ।
‘ठुलाठुला सपना बाँड्न छोडौं’ उनले भने, ‘कृषि, पुर्वाधार विकास, पर्यटन, शिक्षा, रोजगार, उर्जा र सामाजिक सुरक्षा लगायतको विषयलार्य यस क्षेत्रको प्रतिवद्धता पत्रमा प्राथमिकता राखौं ।’
कार्यक्रममा वैरागीले कृषि, पर्यटनलाई प्राथमिकता दिन आवश्यक रहेको भन्दै आवश्यक पूर्वाधार निर्माणमा आफुले जोड दिने भनाई राखे ।
प्रदेश सभा सदस्य क्षेत्र नम्बर ३ (क) का उम्मेदवार राजीव पहारीले विपक्ष दलहरुले जनतामाझ एमालेविरुद्ध तथ्यहीन खबर फैलाएको उल्लेख गरे ।

‘विपक्षी दलहरुले नेकपा एमालेविरुद्ध तथ्यहीन खबर फैलाइरहेका छन्, उनले भने, ‘हामीले झण्डै साढे तीन वर्षमा गरेका विकासका पुर्वाधारहरुको सुचीकृत गरेर विपक्षीले फैलाएको खबरलाई चिर्न आवश्इक छ ।
सोहीक्रममा पहारीले जनताको घरदैलोमै पुगेर यसबार स्पष्ट पार्न पार्टीपंक्तिलाई अनुरोध गरे ।
एमालेककै अगुवाईमा पोखरा रंगशाला र पोखरा एयरपोर्ट बनेको दाबी गर्दै साढे ३ वर्षमा विकासका पुर्वाधारहरुको सुचीकृत गर्न उम्मेदवार पहारीले सुझाव दिए ।
उनले स्थानीय निर्वाचनमा पराजय भोग्नुको पछाडि विपक्षी दलहरुले फैलाएको प्रोपोगण्डालाई कारक मानेका छन् ।
‘केही आन्तरिक समस्या हामीमाझ थियो तर विपक्षीले अफवाह फैलाएर स्थानीय निर्वाचनमा हावी भए’ पहारीले भने ।
परिचयात्मक कार्यक्रममा प्रदेश सभा (ख)का उम्मेदवार गणेशमान गुरुङ भने अनुपस्थित रहे ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

