नवौं राष्ट्रिय खेलकुद: महिला भलिबलमा क्वाटरफाइनलको समिकरण पुरा
पाेखरा | असोज ३०, २०७९
पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको पहिलो चरणको प्रतिस्पिर्धा आइतबार सकिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगितामा मधेश र कर्णाली प्रदेश पहिलो चरणको खेलबाट बाहिरिएका छन् । वेष्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् ।
आइतबार शसस्त्र प्रहरीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र बागमती प्रदेशले मधेश प्रदेशलाई पराजित गरेका थिए । शसस्त्रले सेनालाई ३–१ र बागमतीले मधेशलाई सोझो तीन सेटले पराजित गरेको हो । खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट सेनाले जितेका थिए ।
विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको शसस्त्रले सेनालाई पहिलो सेट २५–२०, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ मा पराजित गरेको थियो । शसस्त्रका विरुद्ध २५–१९ ले दोस्रो सेट जितेको मनिषा खाँडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन् ।
ललिता महतको कप्तानीमा मैदानमा उत्रिएको बागमतीले प्रजुना थापाको नेतृत्वमा रहेको मधेश प्रदेशको टोलीलाई २५–६, २५–८ र २५–७ को फराकिलो अन्तरमा पराजित गरेको छ । एपिएफकी निरुता ठगुल्ना र बागमतीकी जेनिसा वि।क।लाई आइतबारको खेलमा वमेन अफ द म्याच घोषणा गरिएको छ ।
चार वटा समुहबाट आठ टिम क्वाटर फाइनल प्रवेश गरेका छन् । तीन÷तीन टिम रहेको समूह (ए)बाट शसस्त्र र त्रिभुवन आर्मी तथा (वि)बाट बागमती र लुम्वीनी क्वाटर फाइनल प्रवेश गरेका भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिए । उनका अनुसार दुई÷दुई टिम रहेको समुह (सि)बाट नेपाल पुलिस क्लव र (डि)बाट गण्डकी प्रदेश क्वाटर फाइनल प्रवेश गरेको ले जानकारी दिए ।
सोमबारदेखि शुरु हुने क्वाटर फाइनलको पहिलो खेल समूह (ए)को बिजेता शसस्त्र र समुह (सि)को उपविजेता लुम्वीनी प्रदेश बीच हुने प्रतियोगिताका संयोजक याम बहादुर गुरुङले बताए । समुह (बि)को बिजेता बागमती र समुह (डि)को उपबिजेता सुदुरपश्चिम तथा समुह (सि)को विजेता नेपाल पुलिस क्लव र समूह (ए) को उपविजेता सेनाको प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।
सोमबारनै क्वाटर फाइनलको अन्तिम खेल समुह डिको बिजेता गण्डकी र समुह (बि)को उपबिजेताबीच हुने भएको छ । प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

