घात–अन्तर्घातपछि पहिलो पटक सार्वजनिक भए पौडेल

पाेखरा | असोज ३०, २०७९

घात–अन्तर्घातपछि पहिलो पटक सार्वजनिक भए पौडेल

पोखरा: गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा टिकट पाएपछि हौसिएका दिपक पौडेलका खुशी केही दिनमात्र टिक्नसक्यो । 

 

कारण थियो, उनले पोखराको एक सुन पसलमा चोरी गरेको भिडियो । भिडियो कसले सार्वजनिक ग¥यो भन्ने विषय रहस्यको गर्भमै छ । सोही भिडियोकाकारण पौडेलको टिकट खोसियो र कृष्ण थापालाई चिट्ठा प¥यो । 

 

यसरी टिकट खोसिएपछि पौडेल सार्वजनिकरुपमा कतै देखिएनन् । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् ।

 

पौडेलको टिकट खोसिएपछि खगराज अधिकारी प्यानलका थापाले टिकट पाएका थिए, तर जित्न सकेनन् । पौडेल पृथ्वी सुब्बा गुरुङ निकट मानिन्छन् । 

 

यसैबीच, पौडेल कास्की क्षेत्र नम्बर ३ हेम्जामा  नेकपा एमालेले आयोजना गरेको उम्मेदवारी परिचय कार्यक्रम तथा वृहत कार्यकता भेलामा उपस्थित भए । 

 

उनले उक्त भेलालाई सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरु पराजित हुनमा पार्टीका नेता कार्यकर्तामा एकता नभएको उल्लेख गरे । 

 

घाँटीमा समस्या देखिएपछि उपचाररत पौडेललाई चिकित्सकले धेरै नबोल्न सुझाव दिएका छन् । तरपनि टिकट खोसिएको र घाँटीको पीडा भुलेर उनले एमालेका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्ने बताए । 

 

‘स्थानीय निर्वाचनमा पार्टीका नेता कार्यकर्तामा एकता भएन पराजित हुनुप¥यो’ उनले भने, ‘अबको निर्वाचन हार्ने छुट हामीमा छैन, के भयो कसो भयो समीक्षा गरौंला तर अहिले एमालेका उम्मेदवार विजयी बनाउन लागिपरौं ।’ 

 

एमालेका नेता पौडेलले नेकपा एमाललाई विपक्षी पार्टीहरुले चारैतिरबाट घेराबन्दी गरेको बताए । 

 

‘हामी अहिले विपक्षी पार्टीहरुको चारैतिरबाट घेराबन्दीमा परेका छौं’, उनले भने ‘घेराबन्दीबाट उम्कन हामीले मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनमा विजय भएर विकासको पुर्वाधारबाट त्यो घेराबन्दी तोड्न आवश्यक छ ।’

 

कास्की जिल्ला एमालेको लाल किल्ला भएको भन्दै पौडेलले अब चुनावी प्रचारमा सक्रिय भएर नतीजामुखी काम गर्ने बताएका छन् । 

 

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ दामोदर वैरागी र प्रदेशसभामा राजीव पहारी र गणेशमान गुरुङ उम्मेदवार छन् । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्