स्क्वासः स्वर्णका लागि गण्डकीका अमृत र बागमतीका अह्रान्त भिड्ने

पाेखरा | असोज ३०, २०७९

स्क्वासः स्वर्णका लागि गण्डकीका अमृत र बागमतीका अह्रान्त भिड्ने

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगितामा गण्डकीका अमृत थापामगर र बागमतीका अह्रान्त सिम्हा भिड्ने भएका छन् ।

 

ओपन इभेन्टतर्फ आज (आइतबार) भएको पहिलो समिफाइनल खेलमा गण्डकीका अमृत थापामगरले सोही प्रदेशकै दिपक थापालाई ११–९, ११–५, ८–११ र ११–५ अंकसहित ४-१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे । 

 

त्यसैगरि अर्काे सेमिफाइनल खेलमा बागमतीका अह्रान्त सिम्हाले सोही प्रदेशकै अमिर ब्लोनलाई ११–८, ११–४, र ११–३ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए ।


बागमतीका अह्रान्त सिम्हाले स्वर्ण पदकका लागि गण्डकीका अमृत थापामगरसँग सोमबार भिड्ने छन् । भने कास्य पदकका लागि गण्डकीका दिपक थापा र बागमतीका अमिर ब्लोन प्रतिस्पर्धा गर्नेछन् । 


स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीका अनुसार फाइनल प्रवेश गरेका अमृत थापामगर यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फको स्वास च्याम्पियन हुन् ।

 

संयोजक भण्डारीले महिलातर्फ ओपन इभेन्टमा लिग चरणका खेलहरु जारी रहेको बताए । 


भण्डारीका अनुसार आज भएको खेलमा गण्डकीका कृष्णा थापामगरले सोही प्रदेशकै सृष्टिका उदासलाई ३–० को सोझो सेटमा पराजित गरिन् । 


अर्काे खेलमा बागमतीकी स्वस्तानी श्रेष्ठले गण्डकीकी करिस्मा ओलीलाई ३–० को सोझो सेटमा हराइन् । त्यसैगरि बागमतीकी विपना ब्लोनले आर्मीकी अस्मिता नगरकोटीमाथी  ३–० को  सेटमा जीत निकालिन् ।


अर्काे खेलमा बागमतीकी भावना सुनुवारले गण्डकीकी सृष्टीका उदासलाई ३–० को सेटमा सहजै हराइन् ।


बागमतीकी स्वस्तानी श्रेष्ठले आर्मीकी अस्मिता नगरकोटीलाई ३–० को सोझो सेटमा पराजित गरिन् । यसैगरि अर्काे खेलमा बागमतीकी विपना ब्लोनले गण्डकीकी करिस्मा ओलीमाथी ३–० को सोझो सेटमा जीत निकालिन् ।
स्क्वास व्यवस्थान समितिका अनुसार सो प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्