गण्डकीको घाइते खेलाडी प्रेमलाई भलिबल प्रेमीको आर्थिक सहयोग
पाेखरा | असोज ३१, २०७९
पोखरा : भलिबल खेलको दौरानमा घाइते भएका गण्डकी प्रदेशका खेलाडी प्रेम बहादुर कुमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिबल खेलको क्रममा घाइते भएका गण्डकी भलिबल टिमका खेलाडी कुमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
गण्डकी प्रदेश र बागमती प्रदेशविच भएको उद्घाटन खेलको क्रममा कुमालको बायाँ खुट्टा भाँच्चिएको थियो । उनलाई सोमबार एक कार्यक्रमका विच नगद १ लाख ३३ हजार ५ सय ५५ आर्थिक सहयोग गरिएको गण्डकी प्रदेश भलिबल संघका कार्यवाहक अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।
उक्त सहयोग रकम मध्ये गैर आवाशिय नेपाली संघ (एनआरएनए)भलिबल टिमले ५५ हजार ५५५ हजार प्रदान गरेको छ । त्यसै गरी अन्य सहयोगीहरुमा हङकङका विष्णु गुरुङ र खड्क गुरुङले समान १०÷१० हजार, महेन्द्र छन्त्यालले १० हजार, राजु केसी हाल अमेरिकाबाट १० हजार, गल्कोट भलिबल टिमका प्रशिक्षक सुरेन्द्र केसी, जिवन खड्का क्षेत्री, दुत पुन मगर, निरञ्जन श्रेष्ठले समान ५÷५ हजार, टिपटप हेल्प नेपाल काठमाण्डौका अध्यक्ष बाशु श्रेष्ठले नगद १५ हजार र रमेश विकले नगद ३ हजार सहयोग गरेका छन् ।
घाइते खेलाडी प्रेमको सहयोगका लागि पूर्व राष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश भलिबल संघका सल्लाहकार तथा पर्वत क्लव हङकङका अध्यक्ष प्रेम श्रेष्ठको संयोजकत्वमा गठित सहयोग समितिले स्वदेश तथा विदेशबाट रकम संकलन गरेको थियो ।
तनहुँ शुक्ला गण्डकी नगरपालिका वाड नं १० का २२ वर्षिय प्रेमको घरको आर्थिक अवस्था कमजोर रहेको र उनको सहयोगका लागि सबै संग अपिल गरिएको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए । हाल उनको उपचार भइरहेको भए पनि निको हुन भने केही समय लाग्ने कावा अध्यक्ष श्रेष्ठले बताए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

