नेप्से परिसूचकको ओरालो यात्रा जारी
काठमाडाैं | असोज ३१, २०७९

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक छ दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५४ दशमलब ५५ मा ओर्लिएको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६५ अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलब ७७ मा सीमित भएको छ ।
कूल दुई सय १८ कम्पनीका १५ लाख १८ हजार सात सय ७८ कित्ता शेयर रु ४८ करोड ७३ लाख ५३ हजार छ सय ४७ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज पनि दुई उपसमूहको शेयर मूल्यमा झिनो अङ्कले वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ७२ अर्ब ५९ करोड ८४ लाख २३ हजार आठ सय ३२ बराबर रहेको छ ।
कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु दुई करोड ७९ लाख १९ हजार दुई सय १५ बराबरको कारोबार भयो । प्रभु बैंक रु दुई करोड ६१ लाख सात हजार पाँच सय २८, रिडी पावर कम्पनी रु दुई करोड २६ लाख ९९ हजार आठ सय तीन, हिमालयन डिस्टिलरी रु एक करोड ८० लाख ९५ हजार नौ सय ९२ र प्राइम बैंकको रु एक करोड ६२ लाख ८१ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । सयपत्री हाइड्रोपावर नौ दशमलब ९६, कुमारी धनबृद्धि योजना तीन दशमलब ८५, इन्फिनिटी लघुवित्त तीन दशमलब ८० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलब ६५ प्रतिशतले कमाएका छन् ।
त्यस्तै पिपल्प पावर नौ दशमलब ९७, बलेफी हाइड्रोपावर पाँच दशमलब १०, रिलायन्स फाइनान्स चार दशमलब ७२, स्ट्याण्र्डड चार्टड बैंक चार दशमलब ४३, बिन्दबासिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले चार दशमलब २३ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महा...
काठमाडौं: दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्ण...
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...