वडाध्यक्षका उम्मेदवारको मृत्युपछि छोरा आए चुनावी मैदानमा
काठमाडाैं | बैशाख २८, २०७९
दाङः दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि आज दिउँसो १ बजेसम्म मनोनयत दर्ताको समयभित्र उनै लबरुका छोरा प्रदीपले उम्मेदवारी दिएका छन् ।
वडाध्यक्षका उम्मेदवार लबरूको उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। उनको ठाउँमा एमालेले प्रदीपलाई उम्मेदवार बनाएको हो। प्रदीप पनि एमालेमा क्रियाशिल छन्।
एमालेले टिकट दिएसँगै प्रदीपले बुधबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्। आयोगले आज दिउसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय दिएको थियो।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रदीपले बुवाको सपना पूरा गर्न आफूले उम्मेदवारी दिएको बताए। “लबरू चौधरी मेरो बुवा मात्र नभई यो ठाउँको जनताको सेवक र अभिभावक हुनुहन्थ्यो, उहाँको असायमिक निधनले हामी सबै स्तब्ध छौ,” प्रदीपले भने, “उहाँले देखाएको बाटो र उहाँको सपना पूरा गर्नलाई मतदाताले मलाई भोट दिनुहुन्छ भन्ने मलाई विश्वास छ।”
आज वडाध्यक्षमा उम्मेदवारी दिएका प्रदीपलाई बिहीबार चुनाव चिह्न प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनले ३१ वैशाख राति १२ बजेसम्म चुनावी प्रचार प्रसार गर्र्न पाउनेछन्।
तुलसीपुर १७ मा ३ जेठमा मतदान हुनेछन्। अन्य वडामा भने ३० वैशाखमै मतदान हुनेछन्। यो वडामा मतदान सकिएपछि मात्रै अन्य वडाको मत गणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

