नवौ राष्ट्रिय खेलकुद : आर्चरी स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

पाेखरा | कात्तिक १, २०७९

नवौ राष्ट्रिय खेलकुद : आर्चरी स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

पोखरा : गण्डकी प्रदेशले आर्चरी प्रतियोगितामा स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । 


नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदानमा भएको प्रतिस्पर्धामा स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीका दुर्गा घर्ती मगर, खड्ग घर्ती, राजु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्‍यो ।

 

महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पारेको छ । सेनाका शारदा बि।क, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।

 

स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा विकको जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्