युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम
काठमाडाैं | चैत २७, २०७८
सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ।
युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभार बेलारुसमा नयाँ नियम लागू गरेको हो।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले ती देश जान दिइने श्रम स्वीकृतिलाई व्यवस्थित गरिएको जनाएको छ ।
वैशाख १ गतेदेखि लागू हुने गरी ती देश जाने नेपालीले मागपत्र प्रमाणीकरणका लागि नियोगबाट स्वीकृति लिनु पर्नेछ। आजको कारोबार दैनिकमा समाचार छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

