प्रतिनिधि सभाको चुनाव वहिष्कार गर्न पोखरामा र्‍याली

काठमाडाैं | कात्तिक २, २०७९

प्रतिनिधि सभाको चुनाव वहिष्कार गर्न पोखरामा र्‍याली

पोखरा ।

सिपी गजुरेल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सन्त बहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र रामनारायण पाल नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले सँयुक्त रुपमा चुनाव वहिष्कार गर्ने बताएका छन् ।

 

पोखरामा आज (बुधबार) र्यालीसहित आमसभाको आयोजना गर्दै ४ पार्टीले सँयुक्त रुपमा प्रतिनिधि सभाको चुनाव वहिष्कार गर्ने बताएको हो ।

 

र्‍यालीपछि आम सभालाई सम्बोधन गर्दै माओवादी कम्युनिष्ट पार्टीका महासचिव रामनारायण पालले संसदीय व्यवस्था राष्ट्रघात र जनघातको साधन भएकाले प्रतिनिधि सभाको निर्वाचन वहिष्कार गरेको स्पष्ट पारे ।

 

यसअघि ४ दलीय समुहले मानवअधिकार चोकदेखि र्‍याली सुरु गरि न्यूरोड, सभागृह हुदैं पृथ्वीचोकमा आएर आमसभा गरेको थियो ।  

 

र्‍यालीको क्रममा उनीहरुले प्रतिक्रियावादी संसदीय व्यवस्था खारेज गरौं, नयाँ जनवाद वैज्ञानिक समाजवाद स्थापना गरौं लगायतका  नाराबाजी गरेका थिए ।

 

४ कम्युनिष्ट पार्टीद्वारा चुनाव वहिष्कार किन?

 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्