महिला बास्केटबलमा आर्मीलाई स्वर्ण
पाेखरा | कात्तिक २, २०७९

तनहुँ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाइ ४५–३० को अन्तरमा पराजित गरेको थियो । यो संगै वाग्मती प्रदेशले रजत पदक हात पारेको छ ।
प्रतियोगिताको पहिलो र दोस्रो चरणमा त्रिभुवन आर्मीले १०–८ र १४–७ को अन्तर कायम गरेको थियो । तेस्रो चरणमा भने वाग्मतीले उत्कृष्ट खेल प्रदर्शन गरि १२–८ को अन्तर बनायो । अन्तिम चरणमा वाग्मतीको कमजोर खेल प्रदर्शनको फाइदा उठाउदै आर्मीले १३–३ को फराकिलो अन्तर बनायो ।
आर्मीको जितमा प्रतीक्षा मगरले ११ अंक जोडेकी थिइन । सेमिफाइनल खेलमा वाग्मती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय थियो। यसै गरि थ्री बाइ थ्री महिला बास्केटबलमा एपीएफले स्वर्ग पदक हात पारेको छ भने त्रिभुवन आर्मीले रजत पदक हात पारेको छ ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...