नवौं राष्ट्रिय खेलकुद : महिला तथा पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

पाेखरा | कात्तिक ३, २०७९

नवौं राष्ट्रिय खेलकुद : महिला तथा पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

पोखरा : नेपाल एपीएफ क्लबले नवौं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा स्वर्ण पदक जितेको छ । 

 

पोखरा रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लबले स्वर्ण पदक जितेको हो । 

 

नेपाल एपीएफ क्लबले आर्मीलाई २५–२१, २७–२५ र २६–२४ ले अङ्कले जितेको हो । 

 

यस्तै पुरुष तर्फको कास्य  पदक नेपाल पुलिस क्लबले जितेको छ । 

 

बिहीबार नै सम्पन्न भएको खेलमा गण्डकी प्रदेशललाई सोझो सेटमा पराजित गर्दै पुलिसले कास्य  पदक जितेको हो । 

 

महिलाको तर्फको स्वर्ण एपिएफको पक्षमा 

 

महिला भलिबलको स्वर्ण पदक सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नै  जितेको छ । 

 

बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइलन  खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै उपाधि चुमेको हो । एपीएफले पहिलो सेट २५–१९ र दोस्रो सेट ३०–२८ अङ्कले जितेको थियो । 

 

पुलिसले तेस्रो सेटमा एपीएफलाई २६–२४ अङ्कले पराजित गरेको थियो । चौथो सेट भने एपिएफले २५–१९ अङ्कले जित्यो । एपीएफ टोलीको कप्तानी विनिता बुढाथोकीले तथा पुलिस टोलीको  कप्तानी कमला पुनले गरेकी थिइन् । गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती प्रदेश प्रतियोगितामा तेस्रो भयो । बागमतीले गण्डकीलाई २०–२५, २५–१२, २५–२१ र २५–१७ अङ्कले पराजित गरेको थियो । 

रौतहट:  रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटिएको छ । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति शङ्कास्पद सुटकेस फेला परेको थियो । ...

थप पढ्नुहोस्

दाङ:  पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत ...

थप पढ्नुहोस्

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

थप पढ्नुहोस्