स्क्वासमा टिम इभेन्ट तर्फ लुम्बिनीलाई कास्य

पाेखरा | कात्तिक ३, २०७९

स्क्वासमा टिम इभेन्ट तर्फ लुम्बिनीलाई कास्य

पोखरा : पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा सम्पन्न स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टतर्फ लुम्बिनी प्रदेशले कास्य पदक प्राप्त गरेको छ । 

 

आज (बुधबार) भएको खेलमा लुम्बिनी प्रदेशका ज्ञानुबहादुर चौधरीले नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को सोझो सेटमा पराजित गरे भने, दोस्रो खेलमा लुम्बिनी प्रदेशका अर्जुन गाहा  (शुसान्त)ले प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै लुम्बिनी प्रदेशलाई कास्य पदक दिलाएको हो । 

 

लुम्बिनी प्रदेशको खेलाडीहरुमा ज्ञानुबहादर चौधरी, सुदिप सिङ र अर्जुन गाहा शुसान्त रहेका थिए । 

 

उक्त खेलमा दुई विभागिय टोलि त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ र पाँचवटा प्रदेशको मध्य गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशको सहभागिता रहेको थियो । 
प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको थियो ।
 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्