पिउने पानीको समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिवद्धता

पाेखरा | कात्तिक ४, २०७९

पिउने पानीको समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिवद्धता

 

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका उम्मेदवारहरु मतदाताको समस्या बुझ्न व्यस्त छन् । यसैक्रममा प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न १ (ख)  का प्रत्यासी उम्मेदवार वेदबहादुर गुरुङ्ग (श्याम) र समानुपतिक तर्फ प्रदेशसभा उम्मेदवार नन्दाकला नेपालीले आफूहरु विजय भएर आएपछि पोखरा २८ कालिकाका स्थानियले वर्षौदेखि झेल्दै आएको खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । 


मतादाता भेटघाट कार्यक्रममा उनीहरुले नेकपा एमाले कुरा भन्दा काम गर्ने पाटी भएकोले स्थानियका समस्या समाधानमा आफ्नो पाटी सधैं लाग्ने विश्वास व्यक्त गरे । उनीहरुले कालिकामा गत वर्षमा भए गरेका कामहरुको अनुगमन समेत गरेका छन् भने अधुरा कामहरु आफूहरु निर्वाचित भएर आएपछि पूरा गर्ने वाचा गरेका छन् । यसका लागि मतदाताले सूर्य चिन्हमा मत दिनुहुन आग्रह समेत गरेका छन् । 


आउँदा वर्षमा वडाका समस्या समाधानमा लाग्न एमाले नेता कार्यकतालाई वडावासीले अनुरोध गरेका छन् । भने जनताको दुख सुखको साथी एमाले उम्मेदवारलाई आफुहरुले मत दिने बताएका छन् ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्