पाँचौ डायमण्ड रनिङ सिल्ड सम्पन्न
पाेखरा | कात्तिक ५, २०७९

लेखनाथ । पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ गत असोज ३० गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण सम्पन्न भएको छ ।
समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष श्री प्रसाद गुरुङले अनुशासनका लागि खेलकुद र खेलकुदका लागि अनुशासन अनिवार्य रहेको बताउनु हुदै , खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्नुका साथै शारीरिक एवम् मानसिक रुपमा सबल बनाउने धारणा राख्नुभएको थियो ।
भेट्रान्स समूह र विद्यालय समूह गरि दुई छुट्टा छुट्टै समूहमा खेलाईएको फुटबल खेलमा भेट्रान्स समूहमा व्याज–६९ समूह प्रथम हुन् सफल भएको छ । भेट्रान्स समूहले पूर्व प्याव्लो युनाईटेड समूहलाई २–१ गोल अन्तरले जित हात पार्न सफल भएको छ ।
१४ ओटा समूहको सहभागिता रहेको विद्यालय फुटबल प्रतियोगितामा व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा १० ए ले चित्त बुझाएको छ । व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूहले कक्षा १० ए समूहलाई २—१ गोलले पराजित गर्दै पाँचौ डायमण्ड रनिङ सिल्डको उपाधि जितन सफल भएको हो ।
छात्रा भलिबलको उपाधि कक्षा १२ समूहले जित्यो भने छात्र तर्फ पूर्व व्यवस्थापन समूह विजेता भएको छ । यो सँगै पूर्व व्यवस्थापन समूह लगातार तिन पटक विजेता बन्दै डायमण्ड रनिङ सिल्ड हात पार्न सफल भएको छ ।
यसैगरि क्रिकेट तर्फ पूर्व विज्ञान समूहले जित हात पार्न सफल हुदाँ कक्षा १२ व्यवस्थापन समूहले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
प्रतियोगितामा आयोजित टेबल टेनिस छात्र तर्फ अनुप गुरुङ्ग प्रथम भएका छन् भने विपिन कुइँकेल दोस्रो हुन् सफल भएका छन् त्यसैगरि छात्रा तर्फ अनुषा गौतम प्रथम र अंकिता गुरुङ्ग दोस्रो हुन् सफल भएका छन् ।
प्रतियोगितामा फुटबल तर्फ ३ गोल गर्दै पूर्व प्याव्लो युनाईटेड समूहका सुलभ खनालाले सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , व्याज ६९ समूहका संजिव गुरुङ्ग उत्कृष्ट खेलाडी बनेका छन् । विद्यालय समूह फुटबल तर्फ ५ गोल गर्दै व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूहका किसन पुन सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , कक्षा १० ए का एरिक पुन उत्कृष्ट खेलाडी बनेका छन् । छात्र भलिबल तर्फ टोनिज गुरुङ्ग उत्कृष्ट खेलाडी र माक्स गुरुङ्ग उत्कृष्ट स्पाईकर भएका छन् भने छात्रा तर्फ अंकिता गुरुङ्ग उत्कृष्ट खेलाडी र अनुशा गौतम उत्कृष्ट स्पाईकरको उपाधि हात पारेकी छन् । क्रिकेट तर्फ सर्वाधिक विकेट लिने खेलाडी र उच्चतम रन लिने खेलाडीको उपाधी पूर्व विज्ञान समूहका संञ्चन श्रेष्ठले हात पार्न सफल भएका छन् ।
प्रतियोगिता संचालन गर्नका लागि खेल अबधि भर रेफ्रिको भुमिका निर्वाह गरेकोमा मनिष क्षेत्री र सुमन गुरुङ्गलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा गण्डकी विश्व विद्यालयका खेलकुद संयोजक डा.मधुसुधन सुबेदी, डाईरेक्टर अफ रिर्सच सेन्टरका डा. राजकुमार थापा, वडा नं. २७ की वडा सदस्य बुद्घिमाया गुरुङ्ग + २ संयोजक शिव प्रसाद लामिछाने लगाएतले विजयी विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो ।
विद्यालयका संस्थापक निदैशक माधवशरण उपाध्यायको सभापत्तित्वमा संचालन भएको समापन कार्यक्रमका कार्यक्रम माथि प्रकाश तथा स्वागत विद्यालयका संस्थापक प्रिन्सिपल यम वहादुर रोकाले गर्नु भएको मा धन्यवाद ज्ञापन विद्यालयका संस्थापक व्यवस्थापक हरि प्रसाद लामिछानेले गर्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक नारायण प्रसाद वाग्ले ले गर्नु भएको थियो ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...