बाग्लुङमा मतगणनास्थलको तयारी पूरा
बाग्लुङ | बैशाख २९, २०७९
बागलुङ: बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्न मतगणनास्थलको तयारी गरिएको छ ।
बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरी मतगणनास्थल निर्माण गरिएको जनाएका छन् ।
भोलि हुने स्थानीय तहको निर्वाचनको मतदानपछि पाकिलाले मतगणना गर्न स्थलको तयारी पूरा गरेको बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतगणनास्थल तारबारसहित सुरक्षितसमेत बनाइएको छ ।
बागलुङको चार नगरपालिका र छ गाउँपालिकामध्ये बागलुङ नगरको मतगणना जिल्ला समन्वय समितिको सभाहल, जैमिनी नगरले १ नं वडास्थित सभाहल, गलकोट नगरको पुरानो गलकोट माध्यामिक विद्यालयको भवन, ढोपाटन नगरले बुर्तिबाङस्थित उत्तरगङ्गा माविको भवनमा तयारी गरिएको हो ।
यस्तै तमानखोला गाउँपालिकाको आफ्नै सभाहलमा, निसीखोला गाउँपालिकाको सभाहलमै तथा बडिगाड, ताराखोला, काठेखोला र बरेङ गाउँपालिकाले मतगणनास्थल तयारी गरिसकेको जनाएका छन् । मतगणनास्थलमा मतपत्र च्यात्ने, भीडभाड हुने लगायतका घटना नहोस भन्ने उद्देश्इले सिसी क्यामेरा र तारबारसहित सुरक्षित गरएको स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

