कस्केली अधिकृत समाजको रचना वाचन

पाेखरा | कात्तिक ६, २०७९

कस्केली अधिकृत समाजको रचना वाचन

पोखरा :  कस्केली अधिकृत समाजले एक समारोहका बीच आज रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समसामयिक विभिन्न विषयमा स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सरुभक्तले कविताको वास्तविक मूल्य नै शाश्वत मूल्य भएको बताउनुभयो ।

 

नेपालमा साहित्यकारहरू समाज र राष्ट्रका लागि सिर्जना गर्नुपर्छ भन्ने भावनाका साथ कृयाशिल बनिरहेको बताउँदै उहाँले साहित्य तथा वाङ्मयको सेवामा अधिकृतहरूले आआफ्ना तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

 

कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले साहित्य आँफैंमा महत्वपूर्ण पक्ष भएको बताउँदै यसले सेवा निबृत्त जीवनलाई पनि सिर्जनात्मक बनाउने बताउनुभयो ।

 

कार्यक्रम संयोजक बसन्त चालिसेले समाजले अन्य विभिन्न गतिविधिसँगै रचना वाचनका माध्यमबाट साहित्यिक गतिविधि अघि बढाएको बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका गडा नं ३ का वडा अध्यक्ष प्रकाशमान उदास, सल्लाहकार शिवप्रसाद पराजुली लगायतले बोल्नुभएको थियो ।

 

समाजका अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलको सञ्चालन र कार्यक्रम संयोजक वसन्त चालिसेले स्वागत गर्नुभएको कार्यक्रममा समाजका सल्लाहकार एवम् अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाबहादुर शाह ʿबाबाʾ, सल्लाहकारहरू शिवप्रसाद पराजुली, शिवहरि शर्मा, देबेन्द्र केसी(देबु), उपाध्यक्ष लोकनाथ दवाडी, गण्डकी साहित्य संगमका सचिव भीमबहादुर रानाभाट(ज्यालादारी), गण्डकी बाङ्मय समाजका अध्यक्ष डा.कृष्णराज अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, रामचन्द्र आचार्य, चन्द्रावती वाग्ले, भगवती बञ्जारा, शिवप्रसाद गौतम, रुजिन्द्र तुलाचन लगायतले कविता, कथा, मुक्तक लगायतका रचना वाचन गर्नुभएको थियो । 

 

रचना वाचनका सहभागीलाई सरुभक्त, समाजका अध्यक्ष सुवेदी लगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो । 
 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्