चुनावलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ

काठमाडाैं | कात्तिक ६, २०७९

चुनावलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताउनुभएको छ ।


पार्टीको २१ वडा एकाइद्वारा तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुक निर्माणका लागि इमान र त्यागको राजनीतिको खाँचो औँल्याउँनुभयो ।  उहाँले भन्नुभयो“ निर्वाचनमा जनताले गर्ने विवकपूर्ण निर्णयले  देश विकास जनताको आर्थिक रुपान्तरण सम्भव छ ।  चुनावलाई राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ ।”


पार्टीका सहमहामन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश रिमालले नेपाली राजनीतिमा अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको बताउँदै  आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 


काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा केन्द्रीय सदस्य देवेन्द्र प्रधानले विभिन्न पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै पार्टीले अवलम्बन गरेका नीति तथा कार्यक्रमका कारण अहिले देशभर जनताको पार्टीप्रति आकर्षण बढेको विचार व्यक्त गर्नुभयो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्