‘विकासका योजनासहित चुनावमा आएका छौँ’: एमाले उम्मेदवार कार्की
पाेखरा | कात्तिक ६, २०७९
पोखरा । कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले समृद्ध नेपाल,सुखी नेपालीको नारालाई सार्थक पार्न एवं देश र जनताको सेवा गर्न आफु र आफ्नो पाटीले स्पष्ट भिजन र योजनासहित निर्वाचनमा उम्मेदवारी दिएको बताएका छ्न् । उनले देश हाँक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको दावी गर्दै विकास अभियान व्यवस्थित बनाउन राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण तथा मितव्ययी स्वाललम्वी प्रदेश सरकार निर्माण गरी उत्कृष्ट गण्डकी प्रदेश सिर्जनामा आफ्नो ध्यान केन्द्रित हुने स्पष्ट पारे ।
उनले भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई जग्गाको मालिक बनाउने, जनअपेक्षा अनुसार संघीयतालाई बलियो बनाउने, देशमा विद्यमान महँगी र भष्ट्राचार निर्मुल गर्ने, पोखराका ग्रामिण भेगमा रहेका वडाहरूको पर्यटकीय विकास सहित स्याटेलाइट सिटिको निर्माणलाइ अगाडि बढाउने, गण्डकी प्रदेशलाई अन्र्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउने, प्रदेशको विकासका न्युनतम पूर्वाधार र सुचाकहरूलाई अझै सबल बनाउन एमालेको सरकार आवश्यक भएको उल्लेख गरे ।
कार्कीले सो कुरा आइतबार पोखरामा पोलिटिकल साइस सोसाइटी नेपालले संघीय तथा प्रदेश सभाका उम्मेदवारहरूसँग आयोजना गरेको बहस कार्यक्रम “मेरो उम्मेदवारी किन” विषयक बहस कार्यक्रम उक्त कुरा बताएका हुन् ।
उम्मेदवार काकीले पोखराको फोहोर व्यवस्थापनलाई दिर्घकालिन समाधान गर्ने, पोखराको ट्राफिक व्यवस्थापन गर्ने , आफ्नो निर्वाचन क्षेत्रमा “एक वडा एक आकर्षक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटनको विकास गर्ने, प्रत्येक वडामा प्राविधिक शिक्षा सहितको वहुमुखी क्याम्पस संचालन गर्ने, एक वडा एक सुविधा सम्पन्न अस्पताल निर्माणको अवधारणा अगाडी बढाउने लगायतका कार्यका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारे । उनले आफ्नो क्षेत्रमा रहेका वडाहरूलाई पोखरा अन्य वडामा जोड्न मोटरेबल पूल र सडक निर्माणमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।
पूर्ववर्र्ती एमाले नेतृत्वको संघीय र प्रदेश सरकारहरका विभिन्न अधुरा विकासका काम पूरा गर्नु अर्को उद्देश्य रहेको उनको भनाई छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो धारणा प्रस्तुत गरेको बहस कार्यक्रम सो संस्थाका अध्यक्ष सुवास ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

