ब्याजदर घटाउने मागसहित प्रधानमन्त्रीलाई चेम्बर अफ कमर्स गण्डकीको ज्ञापनपत्र
पाेखरा | कात्तिक ६, २०७९
पोखरा । चेम्बर अफ कमर्स गण्डकीले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पठाएको छ ।
कमर्सले सरकारसमक्ष ६ बुदें माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री देउवालाई आज (आइतबार) ज्ञापनपत्र बुझाएको हो ।
कोभिड १९, रुस र युक्रेनको युद्धका कारण नेपाली व्यवसाय धान्नै नसक्ने परिस्थितिमा पुगेको र अहिले बैंकहरुले ब्याजदर वृद्धि गरी व्यवसायीहरुलाई हतोत्साहित बनाएको भन्दै चेम्बरले ब्याजदर घटाउन प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएको चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले बताए ।
‘दुईवर्षसम्म कोभिडले थलिएका व्यापारीलाई रुस र युक्रेनको युद्धका कारण नेपाली व्यवसायी मारमा परेका छन्, उनले भने, ‘विभिन्न कारणले थला परेको व्यवसायीहरुलाई बैंकहरुले ब्याजदर वृद्धि गरि थप मारमा व्यवसायीलाई पारियो, यथाशिघ्र ब्याजदर घटाउन मागसहित ज्ञापनपत्र पठाएका छौं ।’ अध्यक्ष सुनारद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आकाशिदो ब्याजदर नियन्त्रणको लागि हाल विद्यामान स्पे्रड दर ४।४ प्रतिशतमा १ प्रतिशत घटाउनपुर्ने माग राखेको छ ।
यस्तै बैंकहरुले आधार दरलाई यथासक्य न्यूनतम विन्दुमा कायम गरिनुपर्ने, कर्जामा आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थपहुने गरी व्यवस्था गरिनुपर्ने, नेपाल राष्ट्रबैंक वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगत ६ महिनामा ५ प्रतिशतबाट ८.५ प्रतिशत पुर्याएकोमा सोलाई ५ प्रतिशत नै कायम गरिनुपर्ने माग उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘सिडी र्याटियो ९० प्रतिशतको स्थानमा विगत वर्ष सरह सिडी ¥याटियो ८५ प्रतिशत कायम गरिनुपर्ने, तरलताको समुचित व्यवस्थापन गर्नका लागि पुँजीगत खर्च समयमै गर्न आवश्यक छ । यदि यस्तो खर्च हुन नसकेको अवस्थामा सरकारी खातामा भएको रकम बैंक वित्तिय संस्थामा प्रवाह हुन सक्यो भने यसले बजारमा पुँजी चलायमान गराउन सकेन । यसका लागि प्रत्येक त्रैमासिक पुँजीगत खर्चको समिक्षा गरिनुपर्ने र खर्चको लक्ष्य प्राप्तीको लागि प्रभावकारी पहल गरिनुपर्दछ ।’
स्थानीय प्रदेश तथा संघीय सरकार अन्तरगतका निकायहरुले खातामा रहेको पुँजीगत रकम खर्च हुन नसकेको अवस्थामा सो रकमको ९५ प्रतिशत रकम वाणिज्य बैंकहरु मार्फत कर्जा प्रवाह गर्ने सुविधा प्रदान गर्न उल्लेख गरेको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

