सेतीमा खसेका थापामगरको जिवितै उद्धार
कास्की | बैशाख ३०, २०७९
पोखरा: पोखरा महानगरपालिका ७ स्थित घारीपाटन नजिकै माछा मार्न जाने क्रममा सेती खोचमा अड्किएका विशाल थापामगरलाई सुरक्षा टोलीले जिवितै उद्धार गरिएको छ ।
प्युठानको गौंमुखी गाउँपालिका ३ का ३२ वर्षिय थापामगरलाई सशत्र प्रहरी बल नेपाल २४ नम्बर गण पोखराका सशत्र प्रहरी निरिक्षक भिम बहादुर क्षेत्री नेतृत्वको टोली र नेपाली सेनाको महाविर गण रेन्जरबाट खटिएको क्याप्टेन खगेन्द्र सावा नेतृत्व सँयुक्त टोलीले जिवितै उद्धार गरेको हो ।
चिप्लेर लड्दा खुट्टामा चोट लागेको उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सशत्र प्रहरी निरिक्षक भिम बहादुर थापाले सुनगाभा न्यूजलाई बताए ।
उनका अनुसार करिब साढे ११ बजे थापामगर चिप्लेर लडेर सेती खोचमा अड्किएका थिए । त्यसपश्चात उनको उद्धारमा सशत्र प्रहरी बलको टोली र नेपाली सेनाको टोली खटिएको थियो । करिब ३ बजे खोचमा अड्किएका थापामगरको उद्धार गरिएको इन्सपेक्टर थापाले बताए ।
पोखरामा ज्याला मजदुरी गर्दै आएका थापामगर स्थानीय तहको निर्वाचनका कारण आज (शुक्रबार) काम नभएपछि माछा मार्न सेती पुगेको बताइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

