पोखराः गठबन्धका आचार्य अघिअघि एमालेका थापा पछिपछि

कास्की | जेठ १, २०७९

पोखराः गठबन्धका आचार्य अघिअघि एमालेका थापा पछिपछि

पोखरा:   पोखरा महानगरपालिका पछिल्लो मतपरिणम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै राखेका छन्  । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणना गर्दा आचार्यले अग्रता लिएका हुन् ।

 

आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् । भने एमाले कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका शंकर खरालले १ सय ८४ र अटेरी अभियानका स्वतन्त्र गनेस पौडेलले ६५ मत प्राप्त गरेका छन् ।

 

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गर्दै अगाडि छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १ हजार २५ मत प्राप्त गरेकी छन् ।

 

अहिले जारी मतगणनामा पोखरा महानगरपालिका वडा नम्बर १ को ११००, २ को ७०० र वडा १२ को १२ सय मत गणना भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्