पोखरा ३२ लाई उखु खेतीको हब बनाइने
पाेखरा | कात्तिक १३, २०७९
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १(क) का प्रदेशसभा उम्मेदवार दीपक कोइरालाले पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेंशीलाई उखु खेतीको हब बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कोइरालाले स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले शनिबार उक्त वडाको मालेपाटन, ढोडबेंशी, फेदी, डाँडागाउँका स्थानीयसँग भेटघाट गरे । स्थानीय युवा, वृद्धवृद्धा, समाजसेवीसँग भेटघाट गरेर त्यस क्षेत्रका समस्या र आवश्यकताबारे राय लिए । सोही क्रममा स्थानीयले मालेपाटन ढोडबेंशीलाई उखु खेतीको हबका रुपमा घोषणा गर्नुपर्ने माग गरे । १० रोपनीमा उखु खेती गर्दै आएका मालेपाटनका नारायणप्रसाद पाण्डेले प्रदेशमा गठबन्धनको सरकार बन्दा मात्रै स्थानीय कृषकको माग सम्बोधन हुन सक्ने बताए । ‘हामीले युवा उम्मेदवार पाएका छौं,’ उनले भने, ‘हामीले जिताएर पठाएपछि हाम्रो माग पक्कै सम्बोधन हुन्छ भन्ने विश्वास छ ।’
अर्का कृषक ढोडबेंशीका केदार अधिकारीले त्यस क्षेत्रमा ४ हजारभन्दा बढी रोपनीमा उखु खेती भइरहेको बताए । ‘यति धेरै उखु कृषकको मत अब युवा उम्मेदवारलाई नै जान्छ,’ उनले भने, ‘युवालाई जिताउनु समयको माग पनि हो । जितेर गएपछि प्रदेशकै नेतृत्व गर्न सक्ने खुबी छ ।’ स्थानीयसँगको भेटघाटका क्रममा उम्मेदवार कोइरालाले पाँच वर्ष प्रदेश सांसद हुँदा त्यहाँको पूर्वाधार विकासमा आफ्नो ध्यान गएको बताए । ‘पहिलो कार्यकाल पूर्वाधार निर्माणमा जोड दियौं,’ उनले भने, ‘अब जनताको जीवनस्तर उकास्ने गरी कृषि, पशुपालन, आयआर्जन वृद्धिका योजना ल्याउँछौं ।’
आफू निर्वाचित भएपछि त्यस क्षेत्रलाई उखु खेतीको हबका रुपमा विकास गरेर उत्पादन वृद्धि र खुदो बनाउने प्रक्रियालाई थप आधुनिकीकरण गर्ने योजनाको खोजी गर्ने बताए । भेटघाटमा पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेसका प्रदेश १(क) का सभापति दुर्गा सुवेदी, नेताहरु बुद्धिमान गुरुङ, वडा सभापति कुलप्रसाद अधिकारी, संविधानसभा सदस्य तेजकुमारी पौडेलगायत सहभागी थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

