छुरा प्रहारबाट बालकको हत्या
झापा | कात्तिक १४, २०७९

झापा : झापाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ । मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो ।
हत्यामा संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिसकेको र केही शङ्कास्पदको नाम प्राप्त भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताउनुभयो । छुरा प्रहारबाट घाइते श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि झापाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
त्यस्तै सिटी सफारी दुर्घटनामा दमक–५ का रणबहादुर खड्काको मृत्यु भएको छ । आइतबार बेलुकी ७ बजे शिवसताक्षी– १ धरमपुरका कुशल लिम्बूको घरमा मे१ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका खड्काले सामान झार्र्ने क्रममा एक्कासी सिटी सफारी गुडेर सफारी चालक खड्कालाई किचेको थियो । सिटीले किचेर बेहोस भएका ४८ वर्षीय खड्काको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा राति नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ
वीरगञ्ज: जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ...
कास्की: पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस ...
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका ...