ऋक्रियसनको बार्षिक उत्सवमा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
पाेखरा | कात्तिक १७, २०७९
पोखरा । पोखरामा संचालनमा रहेको ऋक्रियसनको पहिलो बार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १३ का दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । पोखरा १३ आर्वामा रहेका अमरज्योति आधारभूत विद्यालय र सिमला आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
सिमला आधारभूत विद्यालयका ३५ जना र अमरज्योति आधारभूत विद्यालयका ४१ जना विद्यार्थीलाई टिर्सट, कपि, पेन्सि, इरेजर लगाएतका शैक्षिक सामग्री वितरण गरेको ऋक्रियसनका सञ्चालक रितेश पौडेलले जानकारी दिए । विद्यार्थीलाई पोखरा महागनरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बराल, सञ्चालक रितेश पौडेल, नारायण पौडेले लगाएतले शैक्षिक सामग्री वितरण गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष बरालले सरकारी विद्यालयमा अध्यन गर्ने बालबालिकाको शैक्षिक स्तर सुधार गर्न शैक्षिक सामग्री फलदाई हुने बताए । उनले ग्रामिण क्षेत्रमा रहेका विद्यालयलाई सबैको आर्थिक तथा शैक्षिक सामग्री सहयोगको आवश्यकता रहेको बताए ।
कार्यक्रममा सिमला आधारभूत विद्यालय प्रधानध्यापक हरिमाया बराल, अमरज्योति आधारभूत विद्यालयका प्रधानध्यापक विमलबहादुर बरालले सहयोगले विद्यार्थीको शैक्षिक उन्नतीका लागि सहयोगी हुने बताए । ऋक्रियसनले विभिन्न काम गर्दै आएको छ भने ऋस्टोस मार्फत टिर्सटहरु बनाएर विक्रि गर्दै आएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

