उम्मेदवार मनबहादुरको कास्की क्षेत्र १ मा माओवादी र कांग्रेसका १० जना एमालेमा प्रवेश

पाेखरा | कात्तिक १८, २०७९

उम्मेदवार मनबहादुरको कास्की क्षेत्र १ मा माओवादी र कांग्रेसका १० जना एमालेमा प्रवेश

 


पोखरा । कास्की क्षेत्र नम्वर १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङको क्षेत्र अन्तर्गत पर्ने रूपा गाउँपालिका वडा नम्वर ३ को काल्लाङटार र थापाचोकका टंक के.सीसहित ५ जना माओवादी कार्यकर्ता र शुक्रदेव सुनारसहित ५ जना काँग्रेश कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । 


उनीहरुलाई पार्टी संगठन विभाग प्रमुख तथा १ (क) का प्रदेश सभा उम्मेदवार खगराज अधिकारी र कास्की जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले एक कार्यक्रमका विच स्वागत गरेका थिए । 


नवप्रवेशी कार्यकर्ताहरुले माओवादी र कांग्रेस सर्वहारा जनताको पार्टी बन्न नसकेकाले आफूहरुले पार्टी परित्याग गरेको बताए । साथै उनीहरुले सो क्षेत्रमा एमाले उम्मेदवारलाई विजयी गराउन लागि पर्ने अठोट व्यक्त गरे ।


कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले  भष्ट्रचारको अन्त्य साथै मुल्यवृद्धी नियन्त्रण गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउने पार्टीको सिद्धानत्लाई मुर्त रुप दिने बताए । त्यस्तै कास्की क्षेत्र नम्बर १ (क) का उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई अत्याधिक मतले विजय गराउन मतदातासँग अनुरोध गरे । 


मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिदै गर्दा अहिले एमाले उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । उनीहरुले भोट मात्र मागेका छैनन् स्थानियका समस्यालाई पनि आत्मसात गरेर निर्वाचित भएपछि पूरा गनेृ बचन समेत दिएका छन् । 
 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्