युवालाई रोजगारका लागि विदेश होइन गाउँमै व्यवस्था गर्नुपर्छ: बराल
पाेखरा | कात्तिक २०, २०७९
पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा ५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरुलाई गाउँमै फर्केर केहीगर्ने वातावरण बनाउने बताएका छन् ।
पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । आफूहरु विकासका लागि प्रतिवद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको मुख्य खानेपानीको समस्या हल गरेरै छाड्ने प्रतिवद्धता जनाए । वडा नम्बर २०को लामडाँडा र अन्य क्षेत्र पशुपालन, कफि र कृषि भूमि रहेकाले सबैक्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरुलाई गाउँमै फर्केर गरिखाने वातावरण बनाउने उनको भनाई छ । विगतमा आफूले मत मागेर जिताएका प्रतिनिधिले काम गर्न नसक्दा विकास निर्माण र अन्य धेरैहिसावले वडा नम्बर २० अगाडि बढ्न नसकेको उनले बताए । २० मात्र नभई समग्र २ नम्बर क्षेत्रका विशेष गरेर ग्रामिण क्षेत्र विकास र पूर्वाधारका दृष्टिकोणले पछाडि परेको उनको भनाई छ ।
‘कम्युनिष्ट र कांग्रेस महत्वपूर्ण घडीमा मिलेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र पनि कांग्रेस र कम्युनिष्ट मिलेर ल्याएका हौं’ उनले भने,‘संविधानले धेरै व्यवस्था तथा अधिकारहरु ल्याएको भएपनि उचित ऐन नहुँदा समस्या आइरहेको छ । त्यसतै भू–उपयोग नीति सम्बन्धि ऐन बनाउन मेरो जोड हुनेछ र सम्रग देशमा स्वास्थ्य र शिक्षाका लागि उचित ऐन ल्याउन मेरो पहल हुनेछ ।’
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

