कास्की १ (ख) मा बल्दैछ ‘दीपक’
पाेखरा | कात्तिक २०, २०७९
पोखरा : क्रपुडाँडादेखि कोरीसम्म, गुरुङहरुको उद्गमथलो क्व्होँलासोँथरदेखि क्हफुचे हिमतालसम्म पर्यटनका क्षेत्रमा चार ‘क’ का एजेण्डा लिएर कास्की १ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइला उमेदवार बनेका छन । चुनावी घरदैलोमा व्यस्त गुरुङले पर्यटकीय गाउँ सिक्लेस, ताङतिङ सहित याङजाकोट लगायत मादी गाउँपालिकामा घरदैलो सकिसकेका छन ।
मादी गाउँपालिकाका १२ वटा वडा र पोखरा महानगरपालिकाका पाँचवटा वडा यस क्षेत्रमा पर्छन । नेपाली कांग्रेसमा विद्यार्थीकालीन राजनीतिबाट प्रवेश गरी तरुण दल हुँदै हाल पार्टीको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी रहेका गुरुङ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन ।
मादीलाई पर्यटकीय हब बनाउने एजेण्डालाई अगाडि सारेर उनी चुनावी मैदानमा होमिएका छन । उनको योजना छ, “मादी राउण्ड ट्रेक स्थापना गर्ने ।”
यसका अलावा क्होंलासोंथर सांस्कृतिक पदमार्ग र पोखरा–मादी–मनाङ रुटलाई भर्जिन ट्रेकका रुपमा विकास गर्ने उनको योजना छ । घरवास योजना अन्तर्गत परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माणलाई प्राथमिकतामा राखेका छन ।
निर्वाचन क्षेत्रमा सडक सञ्जालको विस्तार गर्ने, पोसि–मिजुरे–भाचोक–तोगी–याङ्जाकोट–ताङतिङ–सिक्लेस–तप्राङ सडकको स्तरोन्नती गर्ने उनको प्रतिबद्धता छ ।
भूगोल, जनसंख्या र आवश्यकताका आधारमा आवासीय विद्यालय सञ्चालन गर्नेै, १५ शैयाको अस्पताल स्थापना गर्ने, स्वास्थ्य संस्थालाई दक्ष चिकित्सक र उपकरणयुक्त बनाउने उनको योजना छ ।
हरेक घरधुरीलाई शुद्ध पिउने पानीको उपलब्धता, कृषकलाई आधुनिकीकरण र प्रविधीकरणमार्फत उत्पादन बढाउने, त्यो उत्पादनको लागि बजारको सुनिश्चितता गर्ने उनको एजेण्डा छ ।
हरेक घरमा, एक रोजगार, एक वडा, एक उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । महिलालाई अर्थोपार्जनमा जोड्ने भूमिहिनको व्यवस्थापन, विपत व्यवस्थापनका लागि कोष सञ्चालन गर्ने एजेण्डासहित उनी चुनावी मैदानमा छन ।
आफु निर्वाचनमा विजयी भएमा भ्रष्ट्राचार रहित समुन्नत समाज निर्मणको लागी आफ्नो ठाउं बाट अनवरत लागीरहने उनले बताए ।
को हुन दीपक ?
२०३८ असार २२ गते जन्मिएका गुरुङको राजनीति पृथ्वीनारायण क्याम्पसमा पढ्दाताका २०५६ साल बाट नेपाल विद्यार्थीसंघ मार्फत सुरु भएको हो ।
उनी अहिले तरुण दल कास्कीको उपसभापति पनि हुन । नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै उनी अहिले पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । मादी क्षेत्रमा प्रख्यात र लोकप्रिय खेल बास्केटबलको विकास उनकै पहलकदमीमा सुरु हुन पुग्यो । २०५४ सालमा दीपकले नै याङ्जाकोट, ताङतिङ, सिक्लेस, चिप्ली लगायतका ठाउँमा २०५४ सालमा मार्ले नामक बास्केटबल टिम स्थापना गरे ।
उनै दीपकले सुरुवात गरेको बास्केटबलले अहिलेसम्म निरन्तरता पाइरहेको छ । पोखरा १३ मा वर्षेनी लोकप्रिय सांगीतिक सांस्कृतिक कार्यक्रम हुने गरेको छ । विजयादशमीको अवसरमा हुने कालरात्री सांगीतिक कार्यक्रमको सुरुवातकर्ता उनै दीपक हुन ।
गुरुङ प्रसिद्ध भद्रकाली बहुमुखी क्याम्पसको सञ्चालक समितिका सदस्य समेत हुन ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

