अबको यात्रा बिकास र समृद्धको हो: बिश्वप्रकाश लामिछाने
पाेखरा | कात्तिक २३, २०७९
पोखरा : कास्की क्षेत्र न २ (ख) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले गण्डकी प्रदेशलाई समृद्ध बनाउँदै रोजगारी प्रदान गर्ने बताएका छन । चुनावी घरदैलोको क्रममा पोखरा १५ मा पुगेका लामिछानेले जनतालाई सम्बृद्धिको बाचा गरेका छन ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदातासँग भोट माग्दै लामिछानेले लोकतन्त्रको विकास गरी संविधानको रक्षा गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन । आफु गणतन्त्रका लागि लडेको सिपाही भएको उल्लेख गर्दै उनले कुनै स्वार्थमा नबिक्ने र जनताको सेवामा निरन्तर लाग्ने पनि बताएका छन ।
यस क्षेत्रलाई उत्कृष्ठ बनाउदै गण्डकी प्रदेशलाई नेपालकै पर्यटकीय राजधानी बनाउने लामिछानेले बताएका छन । जनताको समस्या समाधान गर्न गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनुपर्ने उनको जिकिर रहेको छ । आफ्नो जीवनको ४० वर्ष समाजसेवामै बिताएको स्मरण गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि जनताको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन ।
लमिछानेले आफ्नो क्षेत्रको विकास र यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको समेत बताएका छन । लामिछाने पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा रहेर काम गरिसकेका ब्यक्ति हुन भने उनले फेवातालको मापदण्ड निर्धारण समितिको संयोजक भएर पनि काम गरीसकेका छन । एमाओवादी भित्र रहेर लामो समय काम गरिसकेका लामिछाने स्वस्छ छविका नेताका रुपमा चिनिन्छन ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

