सत्ता गठबन्धनका उम्मेदवार भन्छन, सरकारमा हुदाँ जनताका समस्या सम्बोधन गर्न सक्छौ

पाेखरा | कात्तिक २५, २०७९

सत्ता गठबन्धनका उम्मेदवार भन्छन, सरकारमा हुदाँ जनताका समस्या सम्बोधन गर्न सक्छौ

 

पोखरा: आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यतिबेला मत माग्न घरदैलो गरिरहेका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर दुईका साझा उम्मेदवारले आफूहरु सरकारमा भएपछि जनताका समस्या समाधान गर्न सकिने बताएका छन् । शुक्रबार विहान घरदैलो कार्यक्रममा मतदातासँग भेटघाट गर्दै उम्मेदवारहरुले जनताका माग साना (खानेपानी, विजुली लगायत) भए पनि समस्या भने ठूलो रहेको बताउँदै ती समस्या पुरा गर्नको लागि मतदाताको साथ र सहयोग चाहिने बताएका थिए । ‘हामीलाई तपाईहरु साथ दिनुस तपाईका समस्या हामी पुरा गर्छौ’ उम्मेदवारहरुले भने ।


कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल र २ को १ का उम्मेदवार माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने पोखरा महानगरपालिका–१७ छोरेपाटनमा घरदैलो गरिरहेका छन् भने २ को २ का उम्मेदवार नेपाली काँग्रेसका विन्दुकुमार थापा पोखरा महानगरपालिका–११ काहुँमा घरदैलो कार्यक्रममा छन् । छोरेपाटनमा मतदातासँग भेट्दै बरालले भ्रष्टाचार रोक्न र सुशासन कायम गर्नको लागि पनि गठबन्धनलाई मत दिनुपर्ने बताएका छन् । उनले आफू संसदीय यात्रा तय गरेपछि विकास र समृद्धिका कार्यमै अघि बढ्ने बताएका छन् । नियम कानुन निर्माण गर्दै पिछाडिएको समुदायलाई अगाडि बढाउन पनि आफ्नो भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । ‘कृषि क्रान्ति गर्छौ’ उनले भने, ‘पोखरामा मुटु, प्रसुति र बाल अस्पताल निर्माण गर्नेछौ । स्थानीय तहमा भएका घोषणापत्रको कार्यान्वयन गर्न पनि सहयोग गर्नेछौ ।’ सुकुम्बासीको लागि लालपूर्जा दिने, पोखराको प्रमुख समस्या रहेको खानेपानी व्यवस्थापनका योजना पनि अघि सारेका छन् । उम्मेदवार बरालले पोखराका व्यवसायीलाई संरक्षण र प्रवद्वन गर्ने योजना पनि सार्वजानिक गरेका छन् ।


यस्तै, विश्वप्रकाश लामिछानेले जनताको जीवन परिवर्तन गर्न पनि गठबन्धनलाई मतदान गर्न आग्रह गरे । ‘हामीसँग आर्थिक परिवतर्न गर्ने प्रष्ट योजना छन्’ उनले भने, पोखरा उपत्यका नगर विकास समिति, फेवाताल संरक्षण उच्चस्तरीय आयोग र पोखरा चक्रपथ योजनामा काम गरेको छु । अनुभव पनि छ । कसरी कार्य गर्ने भन्ने योजना पनि छन् । मानव विकासको योजना लिएर आएको छु मलाई एक पटक विश्वास गर्नुस । मत दिनुस ।’ चुनावी कोण सभामा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा गोविन्द पोख्रेलले राजनिती अस्थिरता हटाउन र स्थिर राजनीति बनाउन गठबन्धनलाई मत हाल्नुपर्ने बताए । स्थिर राजनिती भए मात्र देशको बिकास हुने बताउँदै उनले गलत ठाउँमा मत दिए गलत नेतृत्व हुने बताएका छन् । यसैगरी, उम्मेदवार विन्दुकुमार थापाले सरकारमा रहदाँ जनताका धेरै काम गर्न सकिने बताए । जनताको आकांक्षा बुझेर पर्यटन र कृषिमा जोड दिइने उनले बताएका छन् । काहुँमा मतदातासँग भेटघाट गर्दै पूर्वमन्त्रीसमेत रहेका थापाले प्याकेजमा कार्यक्रम ल्याएर विकासको ज्वाला फुटाइने बताएका छन् । ‘तपाईहरुको साथ र सहयोग लिएर मात्रै अघि बढ्नेछु’ उनले भने । स्थानीय बामदेवप्रसाद आचार्यले जनताको अड्किएको काम पुरा गर्न पनि थापालाई आग्रह गरेका थिए । ‘जनतातिर फर्किएर विकास गर्नुस’ उनले भने, ‘हाम्रो दुखसुखमा सधै सहभागी हुनुहुन्छ भन्ने विश्वास छ ।’ 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्