दुलेगौंडामा रड प्रहार गरि हत्या
तनहुँ | कात्तिक २५, २०७९
तनहुँ: तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडा स्थित रिमाल अटो केयरमा कार्यरत विरम आलेको हत्या भएको छ । सोहि अटो केयरमा कार्यरत पूर्व कर्मचारी सर्लाही गौरीशंकर नगरपालिका–५ का २५ वर्षिय यन बहादुर चौधरीले शुक्रवार दिउँसो रड प्रहार गर्दा उनको मृत्यु भएको हो । रड प्रहारपछि घाइते भएका २४ वर्षिय आलेलाई दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा प्राथमिक उपचारपछि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालले जानकारी दिए । आले देवघाट–२ घर भई हाल दुलेगौंडामा बस्दै आएका थिए । रड प्रहार गर्ने चौधरीलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाईको अर्यालले बताए
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

