‘जनताको विश्वासलाई कहिल्यै घात गर्ने छैन’: मनबहादुर गुरूङ

पाेखरा | कात्तिक २६, २०७९

‘जनताको विश्वासलाई कहिल्यै घात गर्ने छैन’:  मनबहादुर गुरूङ


पोखरा: आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनता र पार्टीले गरेको अपार विश्वास र माया माथि आफुले कहिल्यै घात नगर्ने बताएका छन् ।

 

चुनाव केन्द्रित घरदैलो कार्यक्रम अन्तर्गत मादी गाउँपालिका वडा नम्वर १२ का मतदातासँग उनले विगतमा आफ्नो पार्टीले गरेका कार्यहरु प्रस्तुत गर्दै अबको ५ बर्ष जनताको शिर अझै उचो हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।

 

नेकपा एमालेका कास्की जिल्ला अध्यक्ष समेत रहेका गुरूङले एमाले नेतृत्वको सरकारका पालामा  भुमिहिन तथा अव्यवस्थित बसोबास गर्ने जनताको पक्षमा काम गर्दा गर्दै वर्तमान सरकारले हटाएको बताउँदै अब बन्ने एमालेको सरकारले भुमिहीनलाई जग्गाको मालिक बनाउने गरी काम गर्ने हुँदा सोको लागि बहुमत सहितको एमालेको सरकार निर्माण गर्न को लागि सुर्य चिन्हमा मतदान गर्न सबैलाई अनुरोध गरे।

 

एमाले सधै राष्ट्रहित र समृद्धिका लागि अहोरात्र खटेको भन्दै उनले अबको ५ बर्ष खेर नजाने गरि आफू जनताको काममा लागिरहने स्पष्ट पारे । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्