गठबन्धनको प्रतिवद्धता: पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क

पाेखरा | कात्तिक २६, २०७९

गठबन्धनको प्रतिवद्धता:  पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क

 

पोखरा: कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 


उनीहरुले घोषणा पत्रमा पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्कको रुपमा व्यवस्थित गरी लामेआहालमा विशेष सुविधासम्पन्न आधुनिक बसपार्क र छोरेपाटन क्षेत्र एंव हेमजा क्षेत्रमा सुविधा सम्पन्न इन्ट्रान्स बसपार्कहरु निर्माण गर्न विशेष गर्ने बताएका छन् । 


यस्तै पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा पोखरा बाग्लुङ राजमार्गको स्तरोन्नती गरी प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्येपहाडी लोकमार्ग एंव कोरोला जोमसोम देखी त्रिवेणी भैसालोटन सम्मको निर्माणाधिन लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल गर्ने बताएका छन् । केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई निर्माण कार्य गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने र काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल उनीहरुले प्रतिवद्धता जनाएका छन् । पोखरा क्षेत्रमा चक्रपथ निर्माण एंव बाहिरी चक्रपथको अध्ययन सुरु गर्न पहल गरिने उल्लेख छ । 


भरतपोखरी, निर्मलपोखरी, कृस्ती हुदैँ कुभिन्डेसम्मको वैकल्पिक राजमार्ग सक्न पहल गर्ने र ट्राफिक व्यवस्थापनको लागि बहुआयामिक सुविधासम्पन्न पार्किङ स्थल निर्माण, निजी साझेदारीमा बेसमेन्ट पार्किङ संचलन गर्ने महानगरिय योजनालाई सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ । 


खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा विकास गर्न पहल गर्दै भरतपोखरीमा प्रस्तावित औद्योगिक क्षेत्र, अन्तराष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्नुका साथै मौजाको हाई अल्टिट्युड खेल मैदान सम्पन्न गर्ने बताईएको छ । 


पोखरा अन्तराराष्ट्रिय विमानस्थल संचालन भएपश्चात हाल संचालनमा रहेको विमानस्थलमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र एंव अन्तराष्ट्रिय स्तरको बोटानिकल गार्डेन निर्माण एंव फ्लाईङ स्कुल जस्ता परियोजना संचालन गर्न तत्काल डिपिआर तयार गरि कामको थालनी गर्ने प्रतिवद्धता गरिएको छ ।  


पोखरा ल्याण्डफिल्ड साईडलाई व्यवस्थापन गरी निर्माणको अन्तिम अवस्थामा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई यथाशक्य छिटो संचालन गर्न विशेष पहल गरिन उनीहरुले प्रतिवद्धता जनाएका छन् । 


खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरी सबै गाउँ बस्ती र नागरिकसम्म प्रर्याप्त र गुणस्तरिय खानेपानीको सहज पहुँच पुर्याईने छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्