भूमिहीनको चित्त बुझ्ने गरी सुकुम्बासी समस्या समाधान गर्छु: नेता सिंह

काठमाडाैं | कात्तिक २७, २०७९

भूमिहीनको चित्त बुझ्ने गरी सुकुम्बासी समस्या समाधान गर्छु: नेता सिंह

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं १ मा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको छ । 


समस्या समाधानका लागि भूमिआयोग बनेको र त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताउनुभयो । नेता सिंहले भन्नुभयो “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचनका कारण अहिलेलाई रोकिएको छ ।” थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा  उहाँले प्रतिवेदन आइसकेपछि त्यसको अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो । 


समस्या समाधान गर्दा जबरर्जस्ती नभइ भूमिहीनको पनि चित्त बुझाएर गर्ने उहाँको प्रतिबद्धता छ । मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उहाँले सरल र छिटोछरितो बनाउन पहल गर्ने उल्लेख गर्नुुभयो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्