कास्की ३ का सबै सामुदायिक विद्यालयमा नर्स: गठबन्धन
पाेखरा | कात्तिक २७, २०७९
पोखरा: आगामी मंसिर ४ गते हुने आम निर्वाचनपछि कास्की क्षेत्र नम्बर ३ का सबै सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गर्ने ५ दलीय गठबन्धनले घोषणा गरेको छ । बलियो स्वास्थ्यसँगै गुणस्तरीय शिक्षाको लागि भन्दै गठबन्धनका उम्मेदवारहरुले आवश्यक शिक्षक कर्मचारी सहित नर्सको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
कास्की ३ मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल , प्रदेश १ मा माओवादी केन्द्रकै दुर्गादत्त भण्डारी र २ मा नेपाली काँग्रेसका प्रकाश बराल चुनावी मैदानमा छन् ।
यो व्यवस्थाले नर्सिङ् विषय अध्ययन गरेर पनि विदेशिने बाध्यताको न्यूनीकरण हुने गठबन्धनको विश्वास छ । अहिले पनि नेपालका नर्सिङ् अध्ययन गरेर विदेशी मुलुकमा नेपाली नर्सहरु दैनिक विदेशिने बाध्यता छ ।
यसका साथै विद्यालयहरुको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने, आवश्यकता अनुसार सामुदायिक पुस्तकालयहरुको निर्माण गर्ने, प्राविधिक धार अध्यापन गराउने विद्यालयहरुलाई व्यवस्थित गर्ने समेत उम्मेदवारहरुले घोषणा गरेका छन् ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

