देशलाई सबैभन्दा माथि राखेर काम गर्छुः उम्मेदवार बराल
पाेखरा | कात्तिक २७, २०७९
पोखराः कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश सबैभन्दा माथि भएको बताउनु भएको छ ।
देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्बारी भएको उहाँको भनाइ छ । उहाँले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पु¥याउनका लागि मात्र नभएको स्पष्ट पार्दै उहाँले देश बचाउन र उपलब्धिको रक्षाका लागि गठबन्धन भएको उल्लेख गर्नुभयो ।
पोखरा २७ मा आइतबार घरदैलो र मतदाता भेटघाट गर्दै पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार समेत रहनु भएका बरालले जनतालाई झुटो नबोलि सत्यसत्य कुरा गर्ने बताउनुभयो । ‘जथाभावि बोलेर हिड्दिन, भोलिपनि तपाईहरुसँग भेटिनुपर्छ, उहाँले भन्नुभयो– गर्न सक्ने र पूरा गर्ने कुरा मात्र गर्छु, मलाई विश्वास गरिदिनुहोस् ।’
उहाँले विकास निर्माण समाजको आवश्यकता र प्राथमिकताका अधारमा हुने उल्लेख गर्नुभयो । ‘धेरै आवश्यकता छन् , एकैपटक सबै आवश्यकता पूरा गर्न सकिदैन, उहाँले भन्नुभयो – तपाईहरुले नै जुन काम पहिले गर्नुपर्छ भन्नुहुन्छ, त्यहि गर्छु ।’
उहाँले शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिनुभएको छ । उम्मेद्बार बराल सोमबार पोखरा १४ मा मतदाता भेटघाट र घरदैलो गर्नु हुनेछ ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

